४ असोज, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डमाथि आन्तरिक मामिलामा अनावश्यक बाहृय चासो निम्त्याएको आरोप लगाएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी २५ बुँदे संयुक्त वक्तव्यप्रति पनि एमालेले आपत्ती जनाएको छ ।
एमालेको मंगलबार बसेको स्थायी कमिटीको बैठकले विशेष दूतको भ्रमण र २५ बुँदेले नेपालले लिँदै आएको पञ्चशीलका सिद्धान्तमा आँच पुर्याएको निष्कर्ष निकालेको हो ।
संविधानलाई भारतसँग द्विपक्षीय छलफल र संयुक्त वक्तव्यको विषय बनाएर नेपालको अन्तरिक मामिलामा अनावश्यक बाहृय चासो निम्त्याइएको एमालेको आरोप छ ।
एमालेले संयुक्त वक्तव्यमा रहेको अन्तराष्ट्रिय मञ्चमा भारतसँग निकट समन्वय गर्ने र प्रमुख अन्तराष्ट्रिय मामिलाहरुमा भारतसँग समान धारणा राख्ने प्रावधानको पनि विरोध गरेको छ । यसले नेपालको स्वतन्त्र विदेश नीतिलाई सीमित पराश्रित गराएको भन्दे एमाले स्थायी कमिटी बैठकले गम्भिर आपत्ति जनाएको छ ।
एमालेले भारतसँग पाइपलाइनसम्वन्धी सम्झौताको कुनै पनि प्रावधानले नेपालको स्वतन्त्र व्यापारको अधिकार र व्यापार विविधिकरणलाई नियन्त्रित गर्दै एकपक्षीय निर्भरतामा सीमित नगराओस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया 4