+
+

काजोल बल्ल फेसबुकमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ९ गते २१:१७

kajolमुम्बई । फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जालका प्रभावकारी माध्यम हुन् । यो माध्यम यति धेरै प्रभावकारी भएपनि कतिपय कलाकार अझै जोडिएका छैनन् ।

पछिल्लो पटक बलिउड नायिका काजोल फेसबुकमा जोडिएकी छिन् । काजोलले क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयवाटै आफु फेसबुकमा जोडिएको सार्वजनिक गरिन् । यी नायिका अहिले आफ्नो श्रीमान अजय देबगणसंगै नयाँ फिल्म ‘शिबाय’ को प्रचार प्रसारमा संलग्न छिन् ।

उनले ट्वीट गर्दै भनेकि छिन् ‘अन्तत म फेसबुकमा जोडिए निकै उत्साहित छु । फेसबुक मुख्यलयवाटै फेसबुकमा जोडिने अवसर मिल्यो । यो अवसरका लागि धन्यवाद ।’

४२ वर्षीय यी अभिनेत्रीले पहिलो पटक पती अजय देबगणसंगैको तस्वीर पोष्ट गरेकि छिन् । उनले पहिलो पटक एउटा भिडियो अपलोड गरेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?