+
+

फेसबुक कमेन्ट गर्दा होस् गर्नुस्, प्रहरी कारबाहीमा पर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १४ गते १३:५५

facebook

१४ असोज, काठमाडौं । प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको बताएको छ ।

‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, शंस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्‍याउने खालका कमेन्ट कोही कसैबाट नहुन/नगराउन हुन अनुरोध गर्छौं’ अपराध अनुसन्धान विभागले भनेको छ ।

यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?