+
+

चीनको केरुङबाट आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढीमा रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते ६:५६

Kerung boarder (3)१७ असोज, काठमाडौं । दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएकबा छन् ।

स्थानीयका अनुसार कन्टेनर सँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्वाफ्रुबेसी रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्याफ्रुबेसी -रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका अाजको अन्नपूर्णमा समाचार छ ।

भन्सारमा र्कचारीको अभावमा दैनिक २०/२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ । समयमा नै भन्सार जाँनच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?