+
+

दुईपाङ्ग्रे सवारीको लाइसेन्सबाहेक सबै काम सतुंगलबाट

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २० गते १३:२०

yatayat-byabastha-bivag-lin
१९ असोज काठमाडौं । बाग्मती अञ्चलमा दर्ता हुने दुई पाङग्रे सवारी साधनको लाइसेन्स बाहेक दर्ता, नवीकरणसहित करको सबै काम यातायात व्यवस्था विभागको संतुगल कार्यालयबाट सुरु भएको छ । यसबारे थाहा नपाउँदा बाइक धनीहरुले दुःख पाइरहेका छन् ।

पुरानो कार्यालय रहेको ठाउँमा स्थानीयले धेरै हो-हल्ला र भीडभाडले अशान्तिक भएको भन्दै दवाब दिएपछि कार्यालय सतुंगलमा सारिएको यातायात व्यवस्था विभागका उप-सचिव बसन्त अधिकारीले बताए ।

‘तालचिखेलमा रहेको अञ्चल कार्यालय भाडाको घरमा सञ्चालन भइरहेको थियो’ अधिकारीले भने ‘स्थानीयले टोलमा हो-हल्ला बढेको र  अमनचैन खल्बलिएको भन्दै कार्यालय सार्न बारम्बार दबाब दिँदै आएका थिए ।’

कार्यालयले सतुंगलमा आफ्नै भवन निर्माण भइरहेको ठाउँमा भाडाका घर उपलब्ध भएपछि तालचिखेलको अफिसबाट हुने सबै काम असोज १ गते सतुंगलबाट गर्न थालेको उनले बताए ।

अहिले निर्माणाधिन भवन निर्माण सम्पन्न नहुँदासम्म त्यहीबाट सेवमग्राहीले सेवा पाउँछन् । भवन निर्माण सम्पन्न भएलगत्तै कार्यालय आफ्नै भवनमा सर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?