२८ असोज, काठमाडौं । प्रधानमन्त्रीको शनिबार हुने गोवा भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी हुन आउँदै गर्दा परराष्ट्रमन्त्री प्रकाशशरण महत लडेर घाइते भएका छन् ।
उनको देब्रे खुट्टामा सामान्य असर परेको छ । घाइते मन्त्री महतको कार्यकक्षमै फिजियोथेरापी गरिँदैछ ।
सामान्य उपचारपछि मन्त्री महत पत्रकार सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
शनिबार हुन लागेको प्रधानमन्त्री प्रचण्डको गोवा भ्रमणबारे जानकारी दिने उद्देश्यले परराष्ट्र मन्त्रालयले शुक्रबार दिउँसो ४ बजे मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
मन्त्री महत मन्त्रालयको बिभागीय बैठक सकेर पत्रकार सम्मेलन कक्षमा फर्कँदै गर्दा लडेका हुन् ।
लडेर मन्त्री घाइते भएपछि पत्रकार सम्मेलन निर्धारित समयभन्दा केहि ढिला गरी सुरू भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4