रोम । नेपालीहरुको प्रमुख चाड दशैं तिहार र छठको उपलक्ष्यमा इटलीमा रहेका नेपालीहरुले राजधानी रोममा शुभकामना आदान प्रदान गरेका छन् ।
नेपाली समाज रोमले आयोजना गरेको उक्त कार्यक्रम समाजका अध्यक्ष देव गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ इटलीका उपाध्यक्ष हेमराज जोशीले प्रवाशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गरेकोमा समाजलाई धन्यबाद दिए ।
अध्ययन र रोजगारीका शिलशिलामा इटलीमा रहेका नेपालीहरुको कार्यक्रममा बाक्लो उपस्थिति थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4