+
+

श्रीलंका घुम्न जानेलाई हिमालय एयरलाइन्सको छुट

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते १६:११

 

14720458_963973303748696_4226073552458784855_n४ कात्तिक, काठमाडौं । केहि समयअघिदेखि काठमाडौं-कोलम्बो सिधा उडान सुरु गरेको हिमालय एयरलाइन्सले कोलम्बो घुम्न चाहने नेपाली पर्यटकका लागि टिकट दरमा अफर योजना सार्वजनिक गरेको छ ।

एयरलाइन्सले जाडोको मौसममा परिवारसहित काठमाडौंबाट श्रीलंकाको राजधानी कोलम्बो घुम्न जानेहरुलाई दुईतर्फी भाडादर ३५ हजार १ सय ५२ प्रतिव्यक्ति तोकेको छ ।

यो भाडादरमा कर भने नजोडिएको कम्पनीले जनाएको छ । यस अफर योजनामा भाग लिन परिवारमा कम्तिमा पनि दुई जना सदस्य हुनुपर्ने एयरलाइन्सले जनाएको छ ।

यो योजना अन्तर्गत कात्तिक १४ गतेबाट पुस १६ गतेसम्म टिकट खरीद गरीसक्नु पर्नेछ । एयरलाइन्सले अहिले साताको दुई दिन मंगलबार र शनिबार उडान भर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?