निर्देशक आनन्द एल राई नायक साहरुख खानलाई लिएर एक चलचित्र बनाउने तयारीमा छन् । आजसम्म नाम तय नभएको यो चलचित्रमा साहरुख होचो व्यक्तिको भूमिकामा देखिदैछन् ।
यो चलचित्रका लागि नायिका कट्रिना कैफ र दीपिका पादुकोणलाई फाइनल गरिएको चर्चा थियो । चाडै नै छायांकन हुने यो चलचित्रलाई लिएर आनन्द र साहरुख दुबै उत्साहित छन् ।
तर, बलिउड बजारमा अहिले नायिका कैफको एक नयाँ अडान सार्वजनिक भएको छ । कट्रिनाले दीपिका पनि यो चलचित्रमा भएको खण्डमा आफूले काम नगर्ने बताएकी छिन् । निर्माणपक्षसँग कैफले यो अडान राखेपछि अहिले निर्देशकलाई समस्यामा पारेको छ ।
दीपिकाले अभिनय गर्दा आफ्नो चर्चा कम हुने सोच कैफको हुनसक्छ । बलिउडदेखि हलिउडसम्म अहिले दीपिका चर्चामा छिन् । दीपिकाले चलचित्रको सबै चर्चा खोस्ने डर कट्रिनालाई भएको हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4