२१ कात्तिक, धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन भन्दा पनि कार्यान्वयनमा लाग्नुपर्ने बताएका छन् । विदेशीहरुको इशारामा संविधान संशोधनको तयारी भइरहेको उनले आरोपसमेत लगाए ।
नेकपा एमाले कैलालीले आइतबार आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष रावलले भने, ‘विदेशीको इशारामा केही तत्वले देशलाई अस्थिरता तर्फ धकेल्ने षडयन्त्र बुनिरहेका छन् । संविधान संशोधनको औचित्य नभएकाले कार्यान्वयनमा जुट्नुपर्छ ।’
उनले स्थानीय निकायको निर्वाचन गराउनेतर्फ ध्यान केन्द्रित गर्न पनि सरकारलाई सुझाव दिए । स्थानीय निकायको निर्वाचन विना देशको स्थायीत्व असम्भव रहेको उनको बताए । त्यसैले सरकारको ध्यान चाँडोभन्दा चाडो स्थानीय निकायको निर्वाचन गराउनेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
नेता रावलले सिमांकन गर्दा कैलाली कुनै हालतमा नटुक्रिने बताए । उनले भने, ‘बागमती, चितवन अखण्ड राख्न लागिपर्नेहरुले कैलाली टुक्राउने कुरा गर्नु मिलेर बसेको समाजलाई भाँड्ने काममात्र हो ।’
प्रतिक्रिया 4