काठमाडौं । कलाकार किरण केसीले भुवन केसीलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म बनाउने भएका छन् ।
‘मेरो चालीस वर्ष पुरानो अनुभवलाई समेटेर फिल्म बनाउादै छु फिल्म पक्का मनोरञ्जनात्मक हुनेछ’ अनलाइनखबरसँग कुरा गर्दै किरणले भने । भुवन केसी, मह, उनका मित्र अनुराग कुँबर र कान्छो छोरा सुदन केसी यी चारजनासँग कथा तयार छ ।
चारै समुहको कथा हेरेपछि उपयुक्त मध्ये एउटामा फिल्म बनाउने उनको योजना छ । आफुले जहिल्यै समुहमा काम गरेको बताउादै यसपाली पनि पुरानै समुहसँग मिलेर फिल्म बनाउने बताए ।
भुवन र किरण पुराना मित्र हुन् भने उनीहरुले फिल्म बनाउदा एकअर्काविच सल्लाह गर्छन् । १० वर्ष अघि किरणकै लागनीमा बनेको ‘तँ त सार्है बिगि्रन नी बद्री’ मा पनि भुवन केसीले मुख्य भुमिका निर्वाह गरेका थिए भने उक्त फिल्म बजारमा चर्चित भएको थियो ।
बिचमा फिल्मको बजार खस्केपछि सिरियल एवं विज्ञापनको सुटिङमा ब्यस्त भएका किरण पुसको पहिलो हप्ता पूर्वपश्चिम ‘महजात्रा’ को तयारीमा छन् ।
प्रतिक्रिया 4