+

सुरुङ्गाविरुद्ध पुलिसको शानदार जित

२०७३ मंसिर  ४ गते १९:३६ २०७३ मंसिर ४ गते १९:३६
सुरुङ्गाविरुद्ध पुलिसको शानदार जित

nepal-police

४ मंसिर, झापा । सहारा सुरुङ्गा गोल्डकपको उद्घाटन खेलमा पुलिस क्लबले आयोजकमाथि शानदार जित हात पारेको छ अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुलिसले आयोजक सुरुङ्गा-११ लाई ४-० को फराकिलो जित हात पारेको हो । घरेलु दर्शकको समर्थन पाएका सुरुङ्गाका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । खेल अवधिभर पुलिस एकतर्फी रुपमा आयोजकमाथि हाबी भयो ।

खेल सुरु भएको ४ मिनेटमै पुलिसका दिनेश गुरुङले गोल गरे । टिम क्याप्टेन जुमानु राईको प्रहार गोलरक्षकले रोकेपछि रिबाउन्स भएको बललाई सदुपयोग गर्दै गुरुङले गोल गरे ।

२९ औँ मिनेटमा तेज तामाङले अग्रता दोब्बर बनाए । भोला सिलवालको पासलाई सदुपयोग गर्दै तामाङले गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा पुलिस झन् आक्रमक बन्यो । उसले दुई गोल थप्यो । ५० औं मिनेटमा निरकुमार राईले गोल गरे । पहिलो हाफमा पासको सदुपयोग गर्न नसकेका राई दोस्रो हाफमा लयमा फर्किए ।

चार मिनेटपछि नै जुमानु राईले गोल गर्दै ४-० को अग्रता बनाए । आयोजकले गोल फर्काउने केही अवसर पाए पनि सदुपयोग गर्ने सकेन । पुलिसका निलकुमार राई म्यान अफ द म्याच घोषित भए ।

सुरुङ्गा जेसिजद्धारा आयोजित प्रतियोगितामा च्याम्पियन टोलीले नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका महासविच रामप्रसाद निरौलाले बताए ।

आइतबार त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ बीच प्रतिष्पर्धा हुने टिम व्यवस्थापक भीम भट्टराईले बताए ।

तस्वीर सौजन्यः विनोद पाण्डे

लेखक
गौरव पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय