६ मंसिर, काठमाडौं । भूमिसुधार कार्यालय काठमाडौंका नायव सुब्बा अंगुरकुमार सिग्देल सेवाग्राहीसँग ५० हजार घुस लिदैगर्दा रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबा खटिएको बिशेष टोलीले उनलाई कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
जग्गाको मोहीलगत कट्टा गर्ने प्रायोजनका लागि सेवाग्राहीसँग ५० हजार घुस मागेको बिशेष सूचनाका आधारमा खटिएको टोलीद्वारा नायव सुब्बा सिग्देल पक्राउ परेका हुन् ।
घस रकमसहित पक्राउ परेका उनीबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यसैबीच सेवाग्राहीसँग १ लाख घुस लिदैगर्दा नापी कार्यालय महोत्तरीका अमिन सन्तोष महाशेठ जलेश्वरबाट रंगेहात पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा अख्तियार कार्यालय बर्दिबासबाट डिएसपी राजकुमार लम्सालको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा महासेठर्ला पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4