नारायणगोपाल मभन्दा दुई वर्ष जेठा हुन् । तर, हामी स्कूलमा सँगसँगै पढेका हौं । क्षेत्रपाटीको जुद्दोदय पब्लिक हाइस्कूलमा पढ्दा उनी मेरा सहपाठी थिए । हामीले सात र आठ कक्षामा सँगै पढ्यौं । ०१२/१३ सालतिरको कुरा हो यो ।
सात-आठ कक्षामा पुगिसक्दा समेत त्यो बेला हाम्रो खुट्टामा चप्पल-जुत्ता हुन्थेन । नारायणगोपालको पनि थिएन । हामी खाली खुट्टै स्कूल जान्थ्यौं । मैले त कक्षा दशमा पुगेपछि मात्र लगाउन पाएँ । मध्यम वर्गको मान्छेलाई खानमा दुःख नभए पनि लाउनमा अलि दुःखै थियो ।
निकै हुनेखानेले कमिजभित्र गन्जी लगाउँथे । राम्रै आर्थिक अवस्था हुनेले पेटीभोटो लगाउँथे, दुवै कुमतिर तुना हुन्थ्यो त्यसको । हामी मध्यम वर्गकाहरुको कमिजभित्र भने केही हुन्नथ्यो । हामी कमिज-सुरुवाल लगाउँथ्यौं । नारायणगोपालको पनि पेटीभोटो थिएन ।
कक्षामा उनी मसँगै बस्न रुचाउँथे । तर, उनी मेरा घनिष्ट मित्र भने थिएनन् । उनको अरु पनि नजिकका साथी देख्दिनथेँ । पढाइमा उनी मध्यम खालकै थिए । त्यति राम्रा पनि हैनन्, नराम्रा पनि हैनन् । म पनि त्यस्तै थिएँ ।
कक्षामा नारायणगोपाल र म जाडोले काँपिरहेका रै’छौं । त्यही बेला वासुदेव माड्साबले देख्नुभएछ ।उहाँले भन्नुभयो, ‘पेटीभोटो त लगाए हुन्छ नि ।’
नारायणगोपाल धेरै कुरामा अति भावुक हुन्थे । कसैको घोचपेच फिटिक्कै मन पराउँदैनथे । साधारण खालका थिए । बाल्यकालदेखि नै संगीतमा उनको रुचि देखिन्थ्यो । सर नआएर कुनै क्लास खाली भयो भने उनी तबला बजाए जस्तो टेबल ठटाउन थालिहाल्थे । हिन्दी फिल्मी गीत गुनगुनाउँथे ।
त्यसबेला जाडो महिनामा मीनपचासको बिदा भनेर पूरै दुई महिना स्कूल छुट्टी हुन्थ्यो । पुस ५ गतेदेखि स्कूल बिदा बन्द भएर फागुन ५/६ गतेतिर मात्रै खुल्थ्यो ।
मंसिर महिनाको एकदिनको कुरा हो, कक्षामा नारायणगोपाल र म जाडोले काँपिरहेका रै’छौं । त्यही बेला वासुदेव माड्साब (वासुदेव शर्मा लुइँटेल) ले देख्नुभएछ । उहाँले भन्नुभयो, ‘पेटीभोटो त लगाए हुन्छ नि । सिलाएर लाओ । नत्र जाडोले कठ्याङ्ग्रिन्छौ !’

हामी दुवैलाई सबै साथीहरुले हेरे । साथीहरुले कतिले पेटीभोटो लगाएका थिए होलान्, कतिले लगाएका थिएनन् ।
स्कूलमा हरेक शुक्रबार हाफछुट्टी भएपछि साहित्यिक कार्यक्रम र खेलकुद गतिविधि हुन्थे । नारायणगोपाल भने सधैं हाफछुट्टी हुनासाथै स्कूलबाट फुत्त घर हिँडिहाल्थे । कार्यक्रममा भाग लिँदैनथे । म पनि खेलकुद कार्यक्रम भएको दिन फुत्त भाग्थेँ । तर, साहित्य भए चाहिँ बस्थेँ ।
एकदिन मैले सोधेँ, ‘तिमी किन शुक्रबार छुट्टी हुनेबित्तिकै घर कुदिहाल्छौ ? अस्ति पनि तिमीलाई कसैले खोज्दै थियो ।’
उनले भने, ‘मैले पिताजीलाई रेडियो नेपाल लैजानुपर्छ ।’
उनी प्रत्येक शुक्रबार बुवा आशागोपाललाई घरबाट डोर्याएर रेडियो नेपाल लैजाने गर्दा रहेछन् । बुवा आँखा देख्दैनथे । त्यतिखेर त गाडी पनि थिएन । रेडियोमा आशागोपालले बाजा बजाउँथे क्यार !
नौ कक्षामा गएपछि नारायणगोपाल र मेरो सेक्सन अलग-अलग भयो । स्कूलले ए, बी र सी गरी सेक्सन छुट्याएपछि हाम्रो क्लास पनि छुट्टियो ।
उमेरले अलि ठूला र ट्यालेन्ट विद्यार्थी सेक्सन ‘ए’ मा पढ्थे । उनीहरुलाई त्यतिखेर वासुदेव माड्साबले ‘ठूला ढड्डुहरु’ भन्थे । मध्यम खालका ‘बी’मा र हामीभन्दा गएगुज्रेका ‘सी’मा पढ्थे ।
साह्रै लाज मान्ने स्वभाव थियो नारायणगोपालको । लाजले पोको पर्दै उनले जवाफ दिए, ‘किन नचिन्नु ! बाल्यकालको सम्झना त अझै अमिट हुन्छ ।’
सेक्सन छुट्टिएपछि हाम्रो आक्कलझुक्कल मात्र देखभेट हुन थाल्यो । बिस्तारै टाढिँदै गयौं ।
त्यसबेला गाईजात्रा ताका सात दिनसम्म डबलीमा नाचगानको कार्यक्रम हुन्थ्यो । ०१४ सालतिर हुँदो हो, उनले डबली नाचमा दृष्टिविहीन भएर भाग लिए । एकचोटि गीत नै गाए ।
पछि नारायणगोपाल त्रिचन्द्र कलेजमा आईए पढ्न थाले । त्यहाँ पढ्दापढ्दै उनले गीत गाए । सम्भवत: उनको पहिलो रेकर्ड ०१६ सालतिरै हुनुपर्छ । ०१८ सालमा त राम्रै गायक कहलिसकेका थिए । म भने एसएलसी पास गरेपछि मास्टरी गर्नतिर लागेँ । उनी संगीततिर लागे । त्यसरी हाम्रो बाटो छुट्टिएसँगै मैले उनलाई एउटा गायकको रुपमा एकोहोरो मात्र चिन्न थालेँ । भेटघाट र बोलचाल नै भएन ।
पछि उनी ०४७ सालमा सञ्चार मन्त्रालयमा सल्लाहकार भएर आए । म त्यहीँ सेक्सन अफिसर थिएँ । एकदिन म आफ्नो फुर्सदको समय पारेर नारायणगोपालको कोठामा गएँ ।
सोधेँ, ‘नारायणगोपालजी, तपाईं मलाई चिन्नुहुन्छ ?’
उनी लजाए । साह्रै लाज मान्ने स्वभाव थियो नारायणगोपालको । लाजले पोको पर्दै उनले जवाफ दिए, ‘किन नचिन्नु ! साथीहरुलाई कसरी बिर्सिनु ! बाल्यकालको सम्झना त अझै अमिट हुन्छ ।’
०१५ सालपछि एकैचोटि सञ्चारको सल्लाहकार भएपछिको भेट थियो हाम्रो । हामीबीच केहीबेर कुरा भयो । उनी त्यही बेलामै अलि बिरामी थिए । केही समयपछि त निधन भएको समाचार सुन्नुपर्यो ।
(साहित्यिक अनुसन्धाता रेग्मीसँग कुराकानीमा आधारित ।)
एग्रेसिभ नारायणगोपाल ! बहिनी जिस्काउने खेलाडीलाई पिटेका थिए
नारायणगोपालको त्यो अन्तर्वार्ता …
नारायणगोपालसँग जाडोमा लुगलुग काम्दा
प्रतिक्रिया 4