+
+

अमेरिका पुगेर भिडियोमा अशिष्माको मोडलिङ

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते १६:२५

ashisma nakarmi (4)
नेपाली चलचित्रमा उदाउँदै गरेकी नायिका अशिष्मा नकर्मीले अमेरिका पुगेर एक म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । नेपालमा पनि अशिष्मा म्यूजिक भिडियोमा नै व्यस्त थिइन् ।

प्रजिता रानाले निर्देशन गरेको भिडियोमा उनले मोडल शिशिर गुरुङसँग मोडलिङ गरेकी छिन् । मेघ पौडेलको शब्द तथा स्वर रहेको गीत ‘सायद’मा योगेशकाजीको संगीत छ ।

अशिष्माले अहिले केहि चर्चित ब्यानरका चलचित्रमा काम गरिरहेकी छिन् । उनले ‘संरक्षण, राधे’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् भने ‘पीजडा २’मा पनि काम गर्ने तयारी गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?