म यतिबेला हङकङमा छु । हिजो बेलुकी हाम्रो कार्यक्रम केहि ढिला सुरु भयो । बेलुकी कार्यक्रम सकेर विशेष डिनरमा सहभागी भएकाले पनि ढिलो सुतेको थिएँ । ‘गोधुली साँझ’ नाम दिइएर आयोजना भएको कार्यक्रम एकदमै रमाइलो भयो ।
हङकङका नेपालीहरुले खुबै माया गर्नुभयो । चितवनकी रुपा तामाङको उपचार सहयोगार्थ यो कार्यक्रम आयोजना भएको थियो । मृगौला फेल भएर रुपाजीको अहिले उपचार भैरहेको छ । राती ढिला सुतेकाले यसैले आज म बिहान १० मात्र बजे उठेँ । उठेर फ्रेस भएपछि होटलमै व्रेकफास्ट खाएँ । यसपछि, केहि बेरमै हामीले आज यहाँ एकदमै टिपिकल नेपाली खाना खायौ । विदेश आएपछि नेपाली खाना खुबै खोजिन्छ । यसैले, गुन्द्रुक, भात खाइयो ।
भोली नेपाल र्फकने कार्यक्रम रहेकाले पनि आज हङकङ घुम्ने योजना बनाएका थियौ । हङकङ आएपछि सी साइड नजाने भन्ने कुरा नै हुँदैन । सी साइड घुमफिर गरेँ । यसपछि, बीग बुद्ध भन्ने स्थानमा गइयो । नेपालमा जन्मिनु भएका गौतम वुद्धको ठूलो मुर्ती अगाडि पुग्दा छुट्टै आनन्द भयो । रमणिय स्थानियमा पुग्ने, घुम्ने, सेल्फी लिने त भैहाल्छ, विदेश आएपछि ।
आज हङकङ बसाइको अन्तिम दिन भएकाले आयोजकले हाम्रो बिदाई कार्यक्रम आयोजना गर्नु भएको छ । वीवीक्यूव भन्ने ठाउँमा बिदाई कार्यक्रममा यतिबेला म छु । यहाँ एकदमै रमाइलो भैरहेको छ । हङकङको विकास र विस्तार देख्दा आनन्द आउँछ । नेपालमा कहिले यस्तो विकास होला भनेर पनि सोचिरहेको छु ।
आजको दिन एकदमै रमाइलोसँग वित्यो । भोली नेपाल फर्किनुपर्ने भएकाले पनि, आज हङकङमा रमाइलो गरिरहेको छु ।
प्रतिक्रिया 4