+
+

घरेलु विधिबाटै यसरी हटाउन सकिन्छ अनुहारको चाउरीपना

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २२ गते २३:२५

२२ मंसिर, काठमाडौ । चाउरीपना हटाउने क्रिम त बजारमा जति पनि किन्न पाइन्छ । तर, अनुहारलाई कुुनै हानी नगरी छोटो समयमा नै अनुहारमा भएका चाउरीपना हटाउने क्रिम पाउन भने निकै मुस्किल पर्दछ ।

chauripana-ko-upacharअझ घरैमा प्राकृतिक रुपमा तयार पारिएको क्रिम किन्न त झनै मुश्किल पर्छ।त्यसैले यसपटक हामीले तपाईहरु माझ यस्तो विधि ल्याएका छौं, जसले तपाईको अनुहारमा भएको चाउरीपनालाई त हटाउँछ नै, यो क्रिम घरैमा बसेर जो कोहीले बनाउन सक्ने भएकाले यसको प्रयोगले अनुहारमा अन्य हानी समेत हुन दिँदैन । जुन प्राकृतिक हुनुका साथै किफायती पनि छ ।

चाउरीपना हटाउने क्रिम बनाउन आवश्यक पर्ने सामाग्रीः

१. दुई चिया चम्चा बराबर भ्यासिलिन

२. दुई चिया चम्चा बराबर बदाम तेल वा ओलिभ तेल

३. एउटा अण्डाको पहेलो भाग

४. एक चिया चम्चा मह

५. एउटा पाकेको एभोकार्डो

तयार पार्ने विधिः

१. हल्का नरम नभएसम्म भ्यासिलिनलाई केही समयका लागि स्टोभ, ग्यासमा माइक्रोवेभमा तताउने

२. त्यसमा महलाई पनि मिसाएर राम्ररी चलाउने । अब अण्डालाई अन्तिममा हाल्ने गरी पहिले भएका सबै सामाग्रीलाई त्यसमा मिसाउने र राम्ररी फिट्ने । जबसम्म त्यो बाक्लो लेदो हुँदैन । अब त्यो मिश्रणलाई बिर्को भएको भाँडोमा हाल्ने र मज्जाले हल्लाउने ।

प्रयोग गर्ने विधिः

१. सबैभन्दा पहिले उक्त मिश्रणलाई पाँच मिनेटसम्म त्यत्तिकै छाडिदिने ।

२. अब राम्ररी मुख धोएर अनुहारलाई सुख्खा बनाउने र उक्त मिश्रणलाई अनुहारको वरिपरि समानरुपले लगाउने ।

३. अब हातका औंलाको मद्दतले अनुहारको वरिपरि गोलगोल गरी केहीबेर मसाज गर्ने

४. कम्तिमा ३० मिनेटसम्म क्रिमलाई अनुहारमै रहन दिएर कपास वा रुमालको सहायताले उक्त मिश्रणलाई निकाल्ने ।

यो प्रक्रियालाई केही हप्तासम्म निरन्तरता दिएको खण्डमा अनुहारमा परेको चाउरी कम हुँदै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?