+
+

राजेश हमालले बडी शो गर्दै भने- मेरो जवानी रवर जस्तै हो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २२ गते १८:४७

rajesh-hamal-body
सामाजिक संजालमा रमाउन थालेसँगै नायक राजेश हमालले विभिन्न खालका तस्बिर फेसबुकमा राख्ने गरेका छन् । राजेश हमालले पोष्ट गरेको नयाँ तस्बिरमा उनले शरीर शो गरेका छन् । आफ्नो बडी शो गर्दै राजेशले फ्यानहरुलाई अचम्मित पनि बनाएका छन् । ५० बर्ष कटिसक्दा पनि राजेश हमालको फिट शरीरलाई लिएर धेरैले कमेन्ट पनि गरेका छन् ।

उनै हमाललाई लाग्छ, उनको जवानी यहि बडीले प्रतिनिधित्व गरेको छ । उनले रमाइलो जवाफ दिदै भने-‘मेरो जवानीको प्रतिनिधित्व मेरो यहि बडीले गरेको छ ।’
हमालका अनुसार उनको जवानी रवर जस्तै हो । जुन जति तन्कायो उती नै तन्कन्छ ।

राजेश हमाल कहिले बुढो हुँदैन भनेका यी चर्चित नायकको जवानी कहिलेसम्म तन्किदै जान्छ, यो भने प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?