भोलीबाट भारत लगायत विश्वभर चलचित्र ‘वेफिक्रे’ रिलिज हुँदैछ । यो चलचित्रमा नायक रणवीर सिंह र नायिका वाणी कपुर मुख्य भूमिकामा देखिदैछन् ।
यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् । ‘दिलवाले दुल्हनिया ले जायंगे, रब ने बनादी जोडी’ जस्ता सफल रोमान्टिक चलचित्र निर्देशन गरेका आदित्यले ‘वेफिक्रे’लाई आधुनिक शैलीमा प्रस्तुत गरेका छन् ।
मिडियासँगको कुराकानीमा आदित्यले नायक रणवीर सिंहमा आफूले साहरुख खान देखेको बताएका छन् । आदित्यले आफूले काम गरेका सबै चलचित्रमा साहरुख मुख्य भूमिकामा रहेको र उनकै कारण आफू राम्रो देखिएको बताएका छन् । तर, रणवीर सिंहमाथि सबै प्रेसर थुपार्नु सहि कदम नभएकाले आफू यसपटक अगाडि आएको उनको भनाई छ ।
‘तर, जब पहिलो दिन जब मैले रणवीर सिंहलाई निर्देशन गरेँ, उनी मेरा लागि साहरुख खान थिएँ’, आदित्यले भने । रणवीरमा साहरुखको जस्तै जोश, काम गर्ने तरिका रहेको उनले सुनाए ।
प्रतिक्रिया 4