अब, नायिका प्रियंका चोपडाले बलिउड चलचित्र साइन गरिन् भने, त्यो अनौठो कुरा हुने भएको छ । हलिउड प्रोजेक्टमा व्यस्त भएपछि नायिका चोपडाले बलिउड चलचित्रमा काम गर्न छाडेकी थिइन् ।
उनै, चोपडा लामो समयपछि भारत फर्किएकी छिन् । उनले मिडियासँग बताएअनुसार, उनी २ वटा बलिउड चलचित्रमा काम गर्ने तयारीमा छिन् । उनले मिडियासँग भनिन्-‘म २ वटा बलिउड चलचित्रमा काम गर्ने बिषयमा सोचरिहेको छु । संभवत, जनवरीसम्म यो निर्णय गरिसक्छु ।’
यस्तै, नायिका चोपडाले हलिउडकी नायिका तथा गायिका सेलेना गोमेजसँग पर्दा शेयर गर्ने भएकी छिन् । चोपडाका मेनेजरले भारतीय मिडियालाई बताएअनुसार, एक साबुनको विज्ञापनमा सेलेना र प्रियंका देखिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4