+
+

अपडेटः सिड्नीमा घाइते सत्कारले बुवालाई भने- म ठीक हुँदैछु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १८ गते १३:२८

satkar-adhikari-injuredसिड्नी । नयाँ वर्षको दिन सिड्नीको एक बारमा नेपाली युवाहरुवीच भएको झडपमा घाइते भएका सत्कार अधिकारीले आज दिउँसो आफ्नो परिवारसँग सम्पर्क स्थापित गरेका छन् । उनले बुवा नविन किशोर अधिकारीलाई आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराए ।

घाइतेलाई भेट्न अस्पताल पुगेका विष्णु सापकोटाले सत्कारको बुवासँग टेलिफोन सम्पर्क गराइदिएका थिए । भेटपछि सापकोटाले अनलाइनखबरलाई दिएको जानकारीअनुसार सत्कारको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र उनले बुवालाई यसबारे जानकारी गराएका छन् । बोल्ने अवस्थामा नभए पनि सांकेतिक रुपमा सत्कारले आफू ठीक हुँदै गएकाले नआत्तिन भनेका थिए ।

बुवा नबिन किशोर अधिकारीले आफ्नो छोराको हेरचाह गरिदिन आफूहरुलाई आग्रह गरेको सापकोटाले बताए ।

एनआरएन न्यू साउथ वेल्सका सचिव भुपाल सिटौलाले प्रहरीले बिरामीको अवस्थामा सुधार भएको आफूलाई जानकारी दिएको बताए । साथै घटनाको अनुसन्धान भइरहेको जानकारी पनि प्रहरीले दिएको सिटौलाले बताए ।

न्यू साउथ वेल्स प्रहरीले जनाएअनुसार एलिजावेथ स्ट्रिटमा रहेको भर्नदाह बारमा बिहान करिव तीन बजेतिर दुई नेपाली युवाबीच झडप हुँदा २१ वर्षीय नेपाली युवक सत्कार अधिकारी एकतला माथिबाट सडकमा खसेर गम्भिर घाइते भएका छन् ।

काठमाडौं सुकेधारा निवासी सत्कार साढे दुई वर्ष पहिले अष्ट्रेलिया आएका थिए । उनी हाल अष्ट्रेलियन इन्स्टिच्यूट अफ प्रोफेसनल एजुकेसनमा अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?