+
+

लोकमानलाई महाअभियोग लगाउनैपर्छः धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २५ गते १३:३१

dhanraj-gurung

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सर्वोच्चले पदमुक्त गरेपनि अख्तियारका निवर्तमान प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् ।

सर्वोच्चले पदमुक्त गर्दैमा हाईसञ्चो मानेर बस्न नहुने भन्दै उनले भने, ‘लोकमानले अक्षम्य कार्य गरेका छन्, त्यसैले उनलाई संसदबाट महाअभियोग लगाएर कारवाही गर्नुपर्छ, लोकमानले गरेका भ्रष्ट कार्य र काला कर्तुतहरुलाई महाअभियोग लगाएर छोड्नुपर्छ ।’

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सांसद गुरुङले यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै आवश्यकता नै नरहेको जिकिर गरे । उनले भने, ‘म संशोधन विद्येयकको पक्षमा छैन, सर्वस्विकायको नाममा संविधान संशोधन गर्ने कुरा अहिले संभव छैन । दलहरुवीच अधिकतम सहमति गरेरमात्रै संशोधन गर्नुपर्छ ।’

एमालेलाई बाहिर राखेर वा सहमति नगरी संशोधन गर्नुको कुनै अर्थ नहुने उनले जीकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?