+
+

९ वर्ष कान्छा श्रीमानसँग दाम्पत्य जीवनमा रमाउँदै उर्मिला

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २९ गते १०:४७

urmila-matondkar-wallpapers-free-download3

एकताका उर्मिला मातोडकर बलिउडकी जल्दीबल्दी नायिकामा गनिन्थिन् । फिल्म रंगीलाबाट एकाएक सफलताको शिखरमा पुगेकी उनी त्यहाँ लामो समय अडिन भने सकिनन् । अहिले त उनी पुरै चर्चाबाट बाहिर छिन् ।

४२ वषिर्या यी अभिनेत्रीले गत वर्ष आफूभन्दा ९ वर्ष कान्छा युवक मोहसिन अख्तर मिरसँग बिहे गरिन् । बिहेपछि उनी फिल्मी दुनियाबाट पुरै टाढिएकी छिन् । अहिले श्रीमानसँग पारिवारिक जिन्दगी बिताइरहेकी उर्मिलाले एक हप्ता अगाडि इन्स्टाग्राम ज्वाइन गरिन् । यसमा उनले आफ्नो श्रीमानसँगका केही निजी तस्बिरहरु सेयर गरेकी छिन् ।

त्यसो त उर्मिलाको बलिउडमा प्रवेश एक बालकलाकारको रुपमा भएको थियो । सन् ९९८० मा रिलिज भएको फिल्म मासुममा उनी पहिलोपटक देखिएकी थिइन् । १९९१ मा आएको नरसिममा उनले प्रमुख नायिकाको रुपमा अभिनय गरिन् । तर उनको करिअरलाई नयाँ मोड दियो रामगोपाल बर्मा निर्देशित फिल्म रंगीलाले ।

रंगीलापछि उर्मिलाले हिन्दुस्तानी, चमत्कार, जुदाई, सत्या, मस्त, खुबसुरत, प्यार तुने क्या किया जस्ीता दर्जानौं फिल्महरुमा अभिनय गरेकी छिन् । बिहेपछि फिल्मबाट टाढा भएकी उनी कहिले पुनरागमन गर्छिन् भनेर फ्यानहरुले पर्खिरहेका छन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?