गतबर्षको सफल तथा चर्चित चलचित्र ‘क्लासिक’ अब दर्शकले घरमा बसेरै हेर्न पाउने भएका छन् । यसको निर्माणपक्षले युटुबबाट चलचित्र रिलिज गरेको हो । गतबर्षको माघ अन्तिम साता रिलिज भएको यो चलचित्रलाई दर्शकले खुबै रुचाएका थिए ।
यो बर्ष आयोजना भएका सबै अवार्डमा नायिका नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड यहि चलचित्रबाट जितेकी छिन् । यस्तै, नायक आर्यन सिग्देलले पनि केहि अवार्डमा उत्कृष्ट नायकको अवार्ड यो चलचित्रबाट जिते ।
नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देलको दृष्टिबिहिन भूमिका रहेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । सुवास गिरी र आर्यन सिग्देलको लगानीमा तयार भएको चलचित्रलाई युटुबमा पनि दर्शकले रुचाउने निर्माणपक्षको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4