अनुहारको दाग-धब्बा लुकाउनका लागि युवा-युवतीहरु के-के गर्दैनन् । तर, सोच्नुस् त ! अनुहारमा एउटा पनि एउटा पनि दाग वा धब्बा नहुँदो हो त कति दामी हुन्थ्यो । अनुहार सफा भयो भने मान्छेको आत्मविश्वास त्यसै बढ्छ । दागधब्बाले एकातर्फ व्यक्तित्वमा असर गर्छ भने अर्कोतर्फ कतै जानुअगाडि मेकअप गर्नु अनिवार्य भइदिन्छ ।
यदि तपाईंको त्वचामा पनि दाग-धब्बा छ भने हामी तपाईंलाई समाधानको नयाँ उपाय सिकाउदैछौ । यो उपाय हो रेड वाइनले फेसियल गर्ने । रेड वाइनले फेसियल गर्दा तपाईंलाई धेरै किसिमका फाइदा हुन्छन् । त्यसो त रेड वाइन पिउनु पनि लागि स्वास्थ्यको फाइदाजनक हुन्छ, तर सिमित मात्रामा पिउँदा । यसरी रेड वाइन स्वास्थ्य तथा सुन्दरता दुवै दृष्टिकोणले लाभदायक छ । रेड वाइनबाट फेसियल गर्दा यस्ता फाइदाहरु हासिल गर्न सकिन्छ ।
१. चम्किलो त्वचा
वाइनमा कयौं एन्टी अक्सिडेन्ट हुन्छन् जसले त्वचालाई चम्किलो र सफा बनाउन मद्दत गर्छ । यही कारणले बितेको केही समयदेखि रेड वाइनबाट फेसियल गराउने चलन बढ्दै गएको छ ।
२. चाउरीपना रोक्न सहयोगी
रेड वाइनले त्वचाको लचिलोपनलाई गुम्न दिँदैन, जसले गर्दा बढ्दो उमेरको लक्षण कम देखिन्छ । यसबाट अनुहारमा चाउरीका रेखा र दाग धब्बाहरु हराउँछन् ।
३. डन्डीफोरबाट मुक्ति
रेड वाइनबाट फेसियल गराउनुको ठूलो फाइदा यो पनि हो । यसले अनुहारमा रहेका डन्डीफोरको दागलाई हटाइदिन्छ र फेर आउने खतरा पनि कम हुन्छ ।
४. पोतो हटाउने
अनुहारमा रहेको चायापोतोलाई रेड वाइनले सजिलै मेटाइदिन्छ । हामी सबैलाई थाहा छ कि अल्कोहलले त्वचामा रहेका फोहोरलाई सफा गर्न सक्छ । यसरी त्वचा मुलायम रहन्छ ।
५. डेड स्किनलाई सफा गर्ने
यदि तपाईं चाहनुहुन्छ भने रेड वाइनलाई अंगुरको बोक्रासँग मिसाएर ‘स्क्रब’ को रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसबाट ‘डेड स्किन’ सफा हुन्छ ।
प्रतिक्रिया 4