+
+

जेल फोरेर भागेका राना प्रहरीको नियन्त्रणमा

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ माघ २६ गते १०:२०

२६ माघ, कैलाली । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकू धनबहादुर राना पक्राउ परेका छन् । प्रहरीको क्षेत्रीय अनुसन्धान सुदूरपश्चिमको टोलीले अपहरण, हत्या, लुटपाटजस्ता जघन्य अपराधमा संलग्न भई फरार रहेका रानालाई मंगलबार राति नियन्त्रणमा लिएको हो ।

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी विजय भट्टका अनुसार २०६६ साल जेठ २ गते कञ्चनपुरको सुडामा कत्था व्यवसाय गर्दै आएका विशाल जैनलाई अपहरणपछि हत्या गरेको आरोपमा रानालाई २०६६ असार २३ गते पक्राउ गरी कारागार चलान गरिएको थियो ।

२०६६ साल असोज १२ गते कंचनपुरको जेल तोडेर उनले प्रहरी सहायक निरीक्षक भंगी रानालाई गोली हानी हत्या गरेका थिए ।

जेल तोडेर भागेका रानाले त्यसपछि विभिन्न समयमा कंचनपुरको दक्षिणी भागमा लुटपाट, बलात्कारजस्ता जघन्य अपराध गर्दै आइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?