+
+

कसले फोन गरेको भन्ने पत्ता लगाउने नेपाली एप्लिकेसन ‘नेपाल कलर’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते ६:१२


काठमाडौं  विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरूपनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ।

नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो दैनिक जनजीवनमा महत्त्वपूर्ण साबित भइरहेका छन् यसैक्रममा सूचना प्रविधीको क्षेत्रमा लामोसमयदेखि काम गर्दै आएको कम्पिनी आई टेक नेपालले निर्माण गरेको अलि भिन्न प्रकारको एप्लिकेसन “Nepal Caller : नेपाल कलरगुगल प्लेस्टोरमा उपलब्ध गराएको छ  

यस एपको भिन्न बिशेषता भनेको आफ्नो मोबाईलमा शेभ नभएका नम्बरहरु बाट फोन आए पनि कसले फोन गरेको हो भन्ने रिङ्गटोन आएसँगै स्क्रिनमा देखाउने गर्दछ  हाल लाई यो एप्लिकेसन एन्ड्रोइड भर्सन मा मात्र उपलब्ध रहेको र यस एपलाई छोटो समयमा धेरै प्रयोगकर्ताले रुचाउने कम्पनीले बिस्वास गरेको छ  

नेपाल कलरएपलाई गुगल प्लेस्टोरमा Nepal Caller टाइप गरेर सर्च गरी वा यो लिङ्कमा https://goo.gl/ZPQjwv  क्लिक गरेर पनि डाउनलोडगर्न सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?