+
+

सुरु भयो ‘स्वेता श्री’ फाउन्डेशन, निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने(भिडियाे)

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते १४:३६


नायिका स्वेता खड्काले ‘स्वेता श्री’ फाउन्डेशनको औपचारिक शुभारम्भ गरेकी छिन् । आज, काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा उनले सामाजिक सेवाका लागि भन्दै यो फाउन्डेशनको औपचारिक सुरुवात गरेकी हुन् । नायक श्रीकृष्ण श्रेष्ठ र स्वेताको नामबाट यो फाउन्डेशनको नाम राखिएको छ ।

पूननिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, माइती नेपालकी प्रमुख अनुराधा कोइराला, संगीतकार शम्भुजित बास्कोटाले एकसाथ ‘स्वेता श्री’ फाउन्डेशनको उद्घाटन गरेका हुन् ।

नायिका स्वेता खड्काले शो कार्यक्रममा बोल्दै फाउन्डेशनले निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने बताइन् । स्वेताले भनिन्-‘दादाको चाहना पनि समाजसेवा थियो । यसैले, मैले यसलाई अगाडि बढाएकी हुँ ।’

यस्तै, सिन्धुपाल्चोकको माँझी बस्तीमा बनाउन लागिएको ‘एकिकृत नमुना माँझी बस्ती’को पनि औपचारिक घोषणा कार्यक्रममा गरिएको थियो । ‘स्वेता श्री’ फाउन्डेशनले यो बस्ती निर्माणको व्यवस्थापनमा सहयोग गर्नेछ ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथीहरुले ‘स्वेता श्री’ फाउन्डेशनलाई शुभकामना दिदै नायिका स्वेता खड्काको कामको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?