धर्मशास्त्रले रावणलाई खराब व्यक्तिको रुपमा चित्रण गरेको छ । उनले सीतालाई हरण गरेका थिए । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, रावण महापण्डित थिए । उनले कठोर तपस्यापछि गहिरो ज्ञान आर्जन गरेका थिए ।
रावणकी एक पत्नी थिइन्, मन्दोदरी । रावणले आफ्नी पत्नीलाई असाध्य प्रेम गर्थे । जब सीतालाई अपहरण गरेको बखत रामले हनुमानलाई सेनासहित लङ्कामा पठाए, तब मन्दोदरीले सम्भावित युद्धलाई रोक्न भनिन् । उनले सीतालाई फिर्ता गर्नु र युद्ध नगर्नु भनेर रावणलाई क्षमा समेत माग्न लगाइन् ।
यो सुनेपछि रावणले पत्नीलाई महिलाका आठ अवगुण सुनाए । के थिए त ती आठ अवगुण ?
पहिलो अवगुण
पहिलो अवगुण हो, महिला धेरै साहसी हुनु । कहिलेकाहीँ महिलाहरु आफ्नो साहस प्रदर्शन गर्छन्, जो आवश्यक हुँदैन । यस किसिमको साहसले परिवारलाई पश्चातापमा पार्छ । साहसलाई दुस्साहस बनाउन हुन्न ।
दोस्रो अवगुण
दोस्रो अवगुण हो, निरन्तर झुट बोल्ने बानी । रावणले भनेका थिए, महिला पटक-पटक झुट बोल्छन् । यद्यपि यस्तो झुट धेरै समय टिक्दैन ।
तेस्रो अवगुण
धेरै चञ्चल हुनु । मन बदलिरहनु । यस्तो महिलाको मन बुझ्न गाह्रो हुन्छ ।
चौथो अवगुण
आफ्नो काम पूरा गर्नका लागि जस्तोसुकै काम गर्न तयार हुनु पनि महिलाको अवगुण हो ।
पाँचौ अवगुण
छिटै हतोत्साही हुनु वा कायर हुनु पनि महिलाको अवगुण हो ।
छैठौं अवगुण
कुनैपनि कुरा नसोची निर्णय लिनु पनि महिलाको अवगुण हो । यसले उनीहरुलाई निकै समस्यामा समेत पार्छ ।
सातौ अवगुण
यदि कुनै महिलामा दयाभाव छैन भने त्यो उसको दुर्गुण हो । महिलाहरु निर्दयी हुनुहुन्न ।
आठौ अवगुण
जतिसुकै सुन्दर भए पनि, जतिसुकै राम्रो श्रृंगार गरे पनि सरसफाइमा ध्यान नदिनु महिलाको अवगुण हो ।
प्रतिक्रिया 4