+
+

पूर्वमन्त्री लालबाबु पण्डित बिराटनगरको मेयरमा लड्न तयार

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १८ गते १८:३१

१८ चैत, काठमाडौ । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न आफू तयार रहेको बताएका छन् । एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेका हुन् ।

बिराटनगरको मेयरमा चर्चा बढेपछि अनलाइनखबरको जिज्ञासामा पूर्वमन्त्री पण्डितले भने-‘पार्टीले तपाईले नै लड्नुपर्‍यो भन्यो भने म पछि हट्दिनँ ।’

उनले अघि भने- ‘एमालेले चुनाव जित्नुपर्छ, यसका लागि म आवश्यक हुँ भन्ने पार्टीले भन्छ भने म तयार छु ।’

उनले बिराटनगरलाई महानगरपालिका बनाउन आफूले धेरै मेहनत गरे पनि विगतमा सफल नभएको बताए । ‘केही पार्टीले नचाहँदा त्यो सम्भव भएन, अब बिराटनगरको विकासका लागि पनि एमालेको नेतृत्व चाहिएको छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?