+
+

मोदीकी ‘श्रीमती’ बन्न चाहन्छिन् राखी सावन्त !

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते १४:३४

बलिउडकी आइटम गर्न राखी सावन्तलाई लाग्छ कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि अब फिल्म बन्नुपर्छ । यदि त्यस्तो फिल्म बन्यो भने मोदीकी पत्नी जसोदाबेनको भूमिकामा उनको आफ्नै दावी रहनेछ ।

हालै एक कार्यक्रममा उनी अतिथि बनेर पुगेकी थिइन् । त्यहाँ उनलाई पत्रकारहरुले सोधे, ‘के प्रधानमन्त्री मोदीमाथि फिल्म बन्नुपर्छ ?’ राखीले तत्कालै जवाफ दिइन्, ‘हो, बन्नुपर्छ ।’
फिल्ममा मोदीको भूमिकामा चाहिँ परेश रावललाई खेलाउनपर्ने उनको राय थियो ।

राखी भन्छिन्, ‘मलाई लाग्छ कि मोदी जी धेरै संघर्ष गरेर प्रधानमन्त्री बन्नुभएको हो । उहाँको जीवनमाथि फिल्म बन्नैपर्छ । मलाई यो पनि लाग्छ कि उहाँकी पत्नीको भूमिका मैले नै पाउनुपर्छ । मोदीजीको भूमिका चाहिँ परेश रावलले राम्ररी निभाउन सक्नुहुन्छ । परेश रावल र मेरो जोडी खुबै जम्नेछ ।’

त्यसो त बलिउडका थुप्रै हस्तिहरुले मोदीको जीवनमाथि फिल्म बन्नुपर्ने राय व्यक्त गरिरहेका छन् । आमिर खानकी पत्नी किरण रावले सार्वजनिकरुपमै यस्तो धारणा राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?