+
+

केटी खोज्दा-खोज्दा नपाएपछि रोबोटसँग बिहे

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २२ गते १४:२२

केटी खोज्दा-खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनीयरले अन्नतः आफैंले बनाएको रोबोटसँग बिहे गरेका छन् ।

‘साउथ चाइना मर्निङ पोष्ट’ का अनुसार ३१ वषिर्य इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर यस रोबोट बनाएका थिए । यीङयीङ नाम राखिएको सो रोबोटले चाइनिज अक्षर चिन्न र फोटो पहिचान गर्न सक्छ । साथै केही अक्षर उच्चारण पनि गर्छ । झेङले सो रोबोटलाई हिँडडुल गर्न र घरायशी काम गर्न सक्ने गरी अपग्रेड गर्ने योजना बनाएका छन् ।

गत शुक्रबार एउटा सानो समारोहका बीच झेङले यीङयीङसँग पराम्परागत रितपूर्वक विहे गरेका हुन् । बिहे गर्दा यीङयीङलाई टाउकोमा रातो स्कार्फ लगाएर दुलही झैं सजाइएको थियो । समारोहमा जियाजियाकी आमा र साथीभाईहरु सहभागी थिए ।

झेङ हुआवे कम्पनीका पूर्व कर्मचारी हुन् र अहिले हाङझोउमा रहेको डि्रम टाउनमा काम गर्छन् ।

यो बिहे अनौठो लागे तापनि विज्ञहरुले आगामी दिनमा रोबोट र मानवबीच बिहेको प्रचलन फैलिदै जाने भविष्यवाणी गरेका छन् ।

‘अबको ३५ वर्षमा रोबोट यतिधेरै विकसित हुनेछन् कि मानिससँग भन्दा रोबोटसँग सेक्स गर्दा मज्जा आउनेछ,’ लभ एन्ड सेक्स विथ रोबोट नामक किताबका लेखक डा. डेभिड लेभी भन्छन् ।

निकट भविष्यमा आधाभन्दा बढि पुरुषले सेक्स रोबोट खरिद गर्ने दावी गर्दै उनले कहिल्यै नथाक्ने रोबोटले कहिलेकाहीँ मानिसलाई समस्यामा पारिदिन सक्ने पनि उल्लेख गरे । भविष्यमा विभिन्न सेलिब्रिटीहरुसँग अनुहार मिल्ने रोबोट पनि निर्माण हुने र यसबाट सेक्समा अझै रोमान्चकता थपिने उनको विश्वास छ ।

‘यसबाट आफ्नो कपिराइट बेचेर सेलिब्रिटीहरुले पनि राम्रो आम्दानी गर्न सक्छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?