३० चैत काठमाडौं । उद्योग वाणिज्य महासंघमा स्वतः निर्वाचित भएकी अध्यक्ष भवानी राणाले बुधबार पदभार ग्रहण गरेकी छन् । बुधबार निवर्तमान अध्यक्ष पशुपति मुरारकाले उनलाई पदभार ग्रहण गराएका हुन् ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै राणाले आफ्नो आगामी योजनाका रुपमा प्रत्येक प्रदेशमा प्राविधिक सिप सिकाउन स्कुल खोल्ने बताएकी छन् ।
उनले भनिन् ‘देशको प्रमुख शक्ति भनेकै युवा शक्ति हो, यस्तो युवा अहिले रोजगारीको खोजिमा विदेशमा जाने गरेको छ, त्यसैले उनीहरुमा उद्यमशीलताको विकास होस् भनेर प्रत्येक प्रदेशमा एए-एक वटा प्राबिधिक स्कुल खोल्ने योजना बनाएको छु । ‘
जलविद्युत क्षेत्र आफ्नो प्राथमिकताको क्षेत्र भएको बताउँदै राणाले यो क्षेत्रमा लगानी अभिवृद्धि गर्नको लािग आवश्यक बाताबरण बनाउन आफुले सक्दो प्रयास गर्ने बताएकी छिन् ।
देशको वित्तीय क्षेत्रको अध्ययन गर्नको लागि महासंघमा वित्तीय संगठनका साथै महासंघमा रिसर्च सेन्टर समेत खोल्ने उनको योजना छ । साथै सातै सहरमा स्मार्ट सिटी बनाउने पनि उनले लक्ष्य लिएकी छन् । यस्तो स्मार्ट सिटी भने सरकारसँग मिलेर बनाउने उनले बताइन् ।
देशमा मास ट्रान्सपोर्टेसन्का लािग निजी क्षेत्रको पनि लगानी महत्वपुर्ण भएकाले मास ट्रान्सपोर्टलाई पीपीपी मोडलमा सञ्चालन गर्न सरकारसँग आवश्यक पहल गर्ने उनको योजना छ ।
आफ्ना आगामी योजनाको बारमेा संक्षिप्त ब्याख्या गर्दै राणाले देशका सबै राजनीतिक दलहरुलाई एकै ठाउँमा उभ्याएर आर्थिक संकल्प समेत गर्ने योजना बनाएकी छन् ।
प्रतिक्रिया 4