+
+

आर्थिक समाचार: नेपाली सेनालाई फास्ट ट्याक जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते ६:०४

२२ वैशाख, काठमाडौं । सरकारले राजधानीलाई तराई–मधेससँग जोड्ने बहुप्रतीक्षित काठमाडौ–निजगढ द्रुतमार्ग (फास्ट ट्याक) निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले वर्षौंदेखि अन्योलमा रहेको फास्ट ट्याक परियोजना नेपाली सेनाको नेतृत्वमा विशेष संयन्त्र बनाएर निर्माण गर्ने निर्णय गरिएको नागरिकले लेखेको छ । एनसेलले पायो फोरजी सेवा अनुमतिलाई पनि नागरिकले लेखेको छ । चार जिल्लामा निःशुल्क इन्टरनेटलाई पनि नागरिकले लेखेको छ ।

ब्यक्तिलाई लाभ पुर्याउन राज्यकोषमा व्ययभारलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । १४ बैंकको नाफा १८ अर्बलाई उल्लेख गरेको अन्नपूर्णले नेसनलको महंगो जग्गा बेच्न प्रस्तावलाई पनि लेखेको छ ।

स्थानिय तहलाई १५ अर्ब सञ्चालन खर्चलाई कारोबारले मुख्य समाचार बनाएको छ । पेट्रोलियम ऐन बन्दैलाई पनि कारोबारले लेखेको छ । नोट चल्ने भोट नचल्ने अभियान सुरुलाई पनि कारोबारले लेखेको छ ।

केन्द्रिय बैंकको सहजीकरणपछि पनि बैंकको कर्जा बढेको बढ्यै सन्दर्भमा नयाँ पत्रिका दैनिकले नीतिगत लचकताको फाइदा लिँदै बैंकलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सडक डिजाइन गर्दा नै युटिलिटी डक्ट राख्ने निर्णयलाई पनि नयाँ पत्रिकाले लेखेको छ । भूकम्प प्रभावित चार जिल्लामा टेलिकमले ब्रोडब्यान्ड पु¥याउनेलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

निष्क्रिय कम्पनिको दर्ता खारेज सहजलाई अभियानले मुख्य समाचार बनाएको छ । फाष्ट ट्रयाक जिम्मा सेनालाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?