+
+

मतदान बहिस्कार गर्ने मनाङ सेवा समाजको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते १८:३९

२२ वैशाख, काठमाडौं । माथिल्लो मनाङका बासिन्दाले ३१ वैशाखमा हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

मनाङ सेवा समाजका अध्यक्ष सोनाम लामाको अध्यक्षतामा शुक्रवार बसेको समाजको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहको नयाँ संरचना बनाउने क्रममा साविकका ६ गाविस मध्येबाट तल्लो मनाङलाई दुई तह कायम गरिएको तर साविकका ७ गाविस रहेको माथिल्लो मनाङलाई एउटै निसाङ गाउँपालिका अन्तर्गत राखिएको विरोधमा समाजले त्यस्तो निर्णय गरेको हो ।

अध्यक्ष लामाका अनुसार, जनसंख्या र भूगोलका आधारमा पनि माथिल्लो मनाङ तल्लोको तुलनामा बढी छ ।

यो निर्वाचन बहिष्कारको निर्णयपछि माथिल्लो मनाङका ढाका, घ्यारु, नावल, पिसाङ, खाङ्सार, तेञ्जीसहित साविकको मनाङ गाविसका तीन वडा गाभिएर बनाइएको निसाङ गाउँपालिकाका कुनै पनि मतदान केन्द्रमा जनताले मतदान नगर्ने लामाले बताए ।

उनीहरुले प्रमुख राजनीतिक दलहरुलाई पटक पटक स्थानीय निकायको पक्षपातपूर्ण संरचना संशोधन गर्न दबाब दिइरहेका थिए । तर, संशोधन भएन । संशोधनबिना नै दलहरुले निर्वाचनमा भाग लिन मनोनयन पत्र दाखिला गरिएपछि समाजले बहिस्कारको निर्णय गरेको हो ।

समाजले यस्तो निर्णय गरेपछि राप्रपाले उक्त निर्णयको स्वागत गरेको छ भने एमाले पनि सो निर्णयमा सहमत भएको समाजका अध्यक्ष लामाले बताए । राप्रपा मनाङका अध्यक्ष दीपक गुरुङ -मनाङे) ले भने, ‘समाज भन्दा पार्टी माथि हुँदैन । त्यसैले समाजको निर्णय हामीले स्वीकारेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?