२४ वैशाख, काठमाडौं । आइतबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा महाभियोगदेखि सरकार परिवर्तनसम्मका विषय परेका छन् ।
गोरखापत्र दैनिकले निर्वाचन सुरक्षाको विषयलाई मुख्य खबर बनाएको छ । चुनावमा ढुक्क हुन प्रधानमन्त्री प्रचण्डले गरेको आग्रहदेखि हिमाल आरोही मिनबहादुर शेरचनको आरोह सपनासम्मका खबरलाई गोरखापत्रले आफ्नो पहिलो पृष्ठमा समेटेको छ ।
राजधानी दैनिकले घरदैलोमा चुनावी रौनक बढेको लेखेको छ । संघीय गठबन्धनमा आएको फाटो र उपत्यकाको निर्वाचन सुरक्षाबारेको विषयलाई पनि राजधानीले पहिलो पृष्ठमा स्थान दिएको छ ।
नयाँ पत्रिका दैनिकले जेठको पहिलो साता सरकारको नेतृत्व परिवर्तन हुने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने लेखेको छ ।
कान्तिपुर दैनिकले गोरखाको बारपाकको चुनावी रौनकलाई मुख्य खबर बनाएर छापेको छ । मधेसी मोर्चामा आएको विभाजनलाई पनि कान्तिपुरले लेखेको छ ।
‘चुप लाग्ने सक्षपक्षको रणनीति’ शीर्षकमा मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले राष्ट्रपति–मधेसी नेतावीचको छलफलको विषयलाई पनि महत्त्वका साथ छापेको छ ।
प्रतिक्रिया 4