+
+

म्यादी प्रहरीको मृत्यु

रासस रासस
२०७४ वैशाख २५ गते १३:५६

२५ वैशाख, नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम-१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?