+
+

विप्लवका कार्यकर्ता बमसहित चितवनबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते १२:२८

२६ वशाख, काठमाडौ । प्रहरीले चितवनको भरतपुर महानगरपालिका-४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

प्रहरीले आज विहान उक्त समूहको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङ्गलाई पक्राउ गरेको हो ।

सैन्य दस्ता सहकमाण्डार राई निर्वाचन विरोधी गतिविधीका लागि चितवन, धादिङ्ग, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट एकथान नक्कली पेस्तोल, बम बनाउने प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको चार समेत बरामद गरेको छ ।

यस्तै सानो परिणाममा फलामको टुक्रा, केही थान रसिद प्याड, चन्दा संकलनको चिठी लगायतका बन्दोबस्तीका सामाग्री पनि बरामद गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रमुख थापाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?