घरको भित्ता होस् वा टेबुल । अनि गितार होस् वा कुनै ग्याजेटको स्क्रिन । मात्र तपाइँले एउटा स्प्रे छर्किए पुग्छ, सबै टचस्क्रिन बन्दछन् ।
वैज्ञानिकहरुले एउटा यस्तो प्रविधिको विकाश गरेका छन् जसले जुनसुकै सतहलाई पनि टचस्क्रिनमा बदलिदिन सक्दछ ।
यस लो कस्ट टच सेन्सिङ टेक्नोलोजीको नाम हो इलेक्ट्रिक । यसमा एउटा स्प्रे पेन्टिङको प्रयोग गरेर कुनैपनि सतहलाई टचस्क्रिनमा परिणत गर्न सकिन्छ ।
वैज्ञानिकहरुका अनुसार यो प्रविधिको सहायताले कुनैप्नि वस्तु, सतह तथा सरसामानमा विद्युतीय सूचालक लेपन गरिन्छ । उक्त कन्डक्टिभ मेटेरियलमा केही इलेक्ट्रोड टाँसिन्छ जसबाट त्यहाँ तरंग प्रवाहित हुन्छ ।
अमेरिकाको कार्नेगी विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकाश गरेका हुन् । यसरी स्प्रे पेन्टलाई टचस्क्रिनमा बदल्ने प्रविधिलाई इलेक्ट्रिक फिल्ड टोमोग्राफी भनिन्छ । वैज्ञानिकहरुले स्मार्टफोन तथा ट्याबको टचस्क्रिनले काम गर्ने प्रविधिमै आधारित भएर नयाँ टचस्क्रिन प्रविधिको विकास गरेका छन् । यद्यपि, यो प्रारम्भिक अवस्थामा भएको हुँदा यसले स्मार्टफोनको स्क्रिनले जस्तो उच्च क्षमतामा काम भने नगर्ने बताइएको छ ।
एजेन्सी
प्रतिक्रिया 4