५ जेठ, काठमाडौं । देशको राजधानीसमेत जोडिएको ३ नम्बर प्रदेशमा हालसम्मको मतगणना अनुसार नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेस फराकिलो अन्तरले दोस्रोमा छ भने माओवादी निकै कमजोर देखिएको छ ।
प्रदेश नम्बर ३ कुल ११९ वटा स्थानीय तह छन् । यीमध्ये हालसम्म औपचारिक परिपणाम आएका ८७ स्थानीय तहमा एमालेले ४२ स्थानमा जीत हात पारेको छ । नेपाली कांग्रेसले २९ स्थान जितेको छ भने माओवादीले १४ स्थानमा जितेको छ ।
राप्रपाले धादिङको रुबी भ्यालीमा जितेर सिंगो प्रदेशमा १ स्थानमा खाता खोलेको छ भने नयाँशक्तिले पनि रसुवाको गोसाइकुण्डमा जितेर एउटा स्थानमा खाता खोलेको छ । प्रदेश नम्बर ३ मा स्वतन्त्र उम्मेदवारले एक स्थान पनि जितेका छैनन् ।
शुक्रबार बिहानसम्मको परिणाम हेर्दा ३ नम्बर प्रदेशका ८७ स्थानको नतिजा आइसकेको छ । अब ३२ स्थानको परिणाम आउन बाँकी छ ।
तर, परिणाम आउन बाँकी रहेका प्रदेश नम्बर ३ का ३२ स्थानमा पनि एमालेले नै बढ्ता स्थानमा अग्रता लिइरहेका छ । अहिलेसम्म यो प्रदेशमा एमालेले १६ स्थानमा अग्रता लिइरहेको छ ।
नेपाली कांग्रेसले १० वटा स्थानमा मात्रै अग्रता लिएको छ । कांग्रेसले अग्रता लिएका सबै स्थानमा जित्यो भने पनि यो प्रदेशमा एमाले नै पहिलो पार्टी बन्ने पक्कापक्की देखिएको छ ।
अग्रता लिएका सबै स्थानमा एमालेले जित्यो भने ३ नम्बर प्रदेशमा उसको सीट करिब ५५ को हाराहारीमा पुग्छ । कांग्रेसले अग्रता लिएका सबै स्थानमा जित्दा पनि उसको सीट ४० पुग्दैन ।
प्रदेश नम्बर ३ माओवादी केन्द्र निकै कमजोर देखिएको छ । यो प्रदेशमा १४ स्थान जितेको माओवादीले अहिले तीनवटा स्थानमा मात्रै अग्रता लिइरहेको छ ।
३ नम्बरमा किन खस्कियो माओवादी ?
आजभन्दा १० वर्षअघि ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले अहिलेको तीन नम्बर प्रदेशका जिल्लाबाट झण्डै ९० प्रतिशत स्थानमा जित हासिल गरेको थियो । तर, १० बर्षपछि तेस्रो पटक निर्वाचनमा भाग लिँदा माओवादीले ३ नम्बर प्रदेशका जिल्लाहरुमा कमजोर नतिजा ल्याएको छ काठमाडौं र ललितपुरमा त माओवादी
आखिर किन यस क्षेत्रका मतदाताले माओवादीलाई रुचाएनन् ? निर्वाचन परिणामसँगै माओवादी कार्यकर्ताभित्र गम्भीर प्रश्न उठेका छन् ।
पहिलो संविधानसभामा निर्वाचनमा जनताले शान्ति प्रक्रिया चाहेका थिए । सँगै परिवर्तन पनि चाहेका थिए । तर, त्यो कुरा माओवादीले बुझेन । मतदाताले माओवादीप्रति जुन भरोसा गरेका थिए, त्यो पूरा भएन ।
माओवादी कमजोर हुनुको अर्को कारण, उसले स्थानीय तहमा संगठन विस्तार गरेन । न कार्यकर्ता गाउँ फर्किए, न नेता फर्किए । ०६४ को चुनावमा आफूलाई जिताउन मरीमेटेर लागेका कार्यकर्तालाई उम्मेदवारले नचिन्ने स्थिति देखा पर्यो । र, यही कारण मतदाताले माओवादीलाई रुचाएनन् ।
पहिलो संविधानसभामा कमजोर बनेको एमाले गाउँ फर्किँदा दोस्रो संविधानसभा निर्वाचनमा उसले बलियो उपस्थिति देखायो । यसबाट एमालेले के सिक्यो भने अब जनताकोमा नगई हुँदैन ।
माओवादीले ३ नम्बर प्रदेश कमजोर हुनुमा आफ्ना प्रदेश कमाण्डरहरु कमजोर हुँदाको परिणाम भनी टिप्पणी गरेको छ । काठमाडौंका एक माओवादी नेताले भने, ‘प्रदेश कमाण्डर हितमान शाक्य र झक्कु सुवेदीको अकर्मण्यताको प्रतिफल हो ।’
हालसम्म ३ नम्बर प्रदेशमा कुन दलले कति जिते ? विवरण हेर्नुस्
नेपाली कांग्रेस- २९
इच्छाकामना गाउँपालिका, चितवन-गीता गुरुङ
बकैया गाउँपालिका, मकवानपुर-दामोदर खनाल
राक्सिराङ गाउँपालिका, मकवानपुर-राजुकमार मल्ल
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक-श्रवणकुमार घले क्षत्री
हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक-निमाग्यालजेन शेर्पा
पाँचखाल नगरपालिका, काभ्रे-महेश खरेल
तेमाल गाउँपालिका, काभ्रे-सलाम सिंह लामा
बेथानचोक गाउँपालिका, काभ्रे-प्रेमबहादुर तिमिल्सिना
रोशी गाउँपालिका, काभ्रे-दलबहादुर तामाङ
गोदावरी नगरपालिका, ललितपुर-गजेन्द्र महर्जन
वाग्मती गाउँपालिका, ललितपुर-वीरबहादुर लामा
दक्षिणकाली नगरपालिका, काठमाडौं-मोहन बस्नेत
किस्पाङ गाउँपालिका, नुवाकोट-छत्र लामा
तादी गाउँपालिका, नुवाकोट-नारायणप्रसाद पाण्डे
दुप्चेश्वर गाउँपालिका, नुवाकोट-योविन्द्रसिंह तामाङ
लिखु गाउँपालिका, नुवाकोट-ध्रुव श्रेष्ठ
मेघाङ गाउँपालिका, नुवाकोट-रामकृष्ण थापा
सूर्यगढी गाउँपालिका, नुवाकोट-सन्तबहादुर तामाङ
खनियाबास गाउँपालिका, धादिङ-रणबहादुर तामाङ
ज्वालामुखी गाउँपालिका, धादिङ-विनोद तिमिल्सिना
उत्तरगया गाउँपालिका, रसुवा-उपेन्द्र लम्साल
नौकुण्ड गाउँपालिका, रसुवा-नर्पुस्ाङ्गो तामाङ
गोलन्जोर गाउँपालिका, सिन्धुली-पुष्प कार्की
ध्याङलेक गाउँपालिका, सिन्धुली-जगतबहादुर भ्लोन
तीनपाटन गाउँपालिका, सिन्धुली-कर्णबहादुर थापा
रामेछाप नगरपालिका, रामेछाप-नरबहादुर मगर
विगु गाउँपालिका, दोलखा-युधिस्टीर खड्का
वैत्येश्वर गाउँपालिका, दोलखा-छवी लामा
नेकपा एमाले- ४२
ईन्द्रसरोवर गाउँपालिका, मकवानपुर-जीवन लामा
कैलाश गाउँपालिका, मकवानपुर-टंक मोक्तान
भीमफेदी गाउँपालिका, मकवानपुर-हिदम लामा
मकवानपुरगढी, मकवानपुर-विदुर हुमागाईँ
मनहरी गाउँपालिका, मकवानपुर-एकराज उप्रेती
बाह्रविसे नगरपालिका, सिन्धुपाल्चोक-निमफुञ्जो शेर्पा
मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक-डम्बर अर्याल
जुगल गाउँपालिका, सिन्धुपाल्चोक-होमनारायण श्रेष्ठ
पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक-टासी लामा हृयोल्मो
बलेफी गाउँपालिका, सिन्धुपाल्चोक-केदार क्षेत्री
लिसंखु पाखर गाउँपालिका, सिन्धुपाल्चोक-कमल नेपाल
बनेपा नगरपालिका, काभ्रे-लक्ष्मीनरसिंह बादे
पनौती नगरपालिका, काभ्रे-भीम न्यौपाने
भुम्लु गाउँपालिका,काभ्रे-गुमानध्वज कुँवर
खोनीखोला गाउँपालिका, काभ्रे-कृष्णबहादुर खुलाल
महांकाल गाउँपालिका, ललितपुर-रामचन्द्र दाहाल
टोखा नगरपालिका, काठमाडौं-प्रकाश अधिकारी
शंखरापुर नगरपालिका, काठमाडौं- सुवर्ण श्रेष्ठ
विदुर नगरपालिका, नुवाकोट-सञ्जु पण्डित
तारकेश्वर गाउँपालिका, नुवाकोट-रमेश वस्ती
धुनीबेशी नगरपालिका, धादिङ-बालकृष्ण आचार्य,
गल्छी गाउँपालिका, धादिङ-कृष्णहरि श्रेष्ठ
गंगाजमुना गाउँपालिका, धादिङ- बलबहादुर अधिकारी
थाक्रे गाउँपालिका, धादिङ- रामकुमार आचार्य
नेत्रावती गाउँपालिका, धादिङ-दुर्गाकुमार शाक्य
सिद्धलेक गाउँपालिका, धादिङ-प्रेमनाथ सिलवाल
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ-शम्भुकुमार थापा
कालिका गाउँपालिका, रसुवा-सीता अधिकारी पौडेल
गोसाईकुण्ड गाउँपालिका, रसुवा-काइसाङ नुर्पु तामाङ
कमलामाई नगरपालिका, सिन्धुली-खड्ग खत्री
दुधौली नगरपालिका, सिन्धुली-धनश्याम राउत
फिक्कल गाउँपालिका, सिन्धुली-धनबहादुर कार्की
मन्थली नगरपालिका, रामेछाप-रमेश बस्नेत
उमाकुण्ड गाउँपालिका, रामेछाप-शेरबहादुर सुनुवार
गोकुलगंगा गाउँपालिका, रामेछाप-खड्गबहादुर सुनुवार
लिखु गाउँपालिका, रामेछाप-गोविन्द खड्का
भिमेश्वर नगरपालिका, दोलखा-भरत केसी
जिरी नगरपालिका, दोलखा-टंकबहादुर जिरेल
कालिन्चोक गाउँपालिका, दोलखा-विनकुमार थामी
गौरीशंकर गाउँपालिका, दोलखा-स्वयमबहादुर खड्का
तामाकोशी गाउँपालिका, दोलखा-ईश्वरचन्द्र पोखरेल
शैलुङ गाउँपालिका, दोलखा-भरतप्रसाद दुलाल
माओवादी केन्द्र -१४
माडी नगरपालिका, चितवन- ठाकुरप्रसाद ढकाल
थाहा नगरपालिका, मकवानपुर- लवशेर विष्ट
बाग्मती गाउँपालिका, मकवानपुर- सर्केश घलान
चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक- अमनसिंह तामाङ
भोटेकोशी नगरपालिकाः सिन्धुपाल्चोक- राजकुमार पौडेल
चौंरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक- दिनानाथ गौतम
महाभारत गाउँपालिका, काभ्रेपलाञ्चोक- कान्छामान जिम्बा
कोञ्ज्योसोम गाउँपालिका, ललितपुर- गोपिलाल सिन्ताङ
ककनी गाउँपालिका, नुवाकोट- मानबहादुर तामाङ लामा
बेनिघाट-रोराङ गाउँपालिका, धादिङ- पित्तबहादुर डल्लाकोटी (हरि)
मरिण गाउँपालिका, सिन्धुली- पानीराज बम्जन
सुनकोशी गाउँपालिका, सिन्धुली- दीपा बोहोरा दाहाल
हरिहरपुरगढी गाउँपालिका, सिन्धुली- कार्स्याङ लामा
दोरम्बा गाउँपालिका, रामेछाप- कमानसिंह मोक्तान
प्रतिक्रिया 4