१९ जेठ, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका–४ का रथी मेचेको हात्ती आक्रमणबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाले दिएको जानकारी अनुसार, स्थानीय चौकीबिराम हरियाली सामुदायिक वनमा बिहान ३ बजे च्याउ खोज्न जाँदा उनलाई हात्तीले आक्रमण गरेको थियो ।
मेचेको शवलाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल, भद्रपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4