शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रातो घर’ले ओपनिङ बम्पर नगरेपनि पछिल्ला दिनमा दर्शकको चाप हलमा देखिएको निर्माता तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले बताएका छन् ।
उनले अनलाइनखबरसँग भने-‘शुक्रबार चलचित्रको व्यापार बम्पर त होइन । तर, शनिबारदेखि दर्शकको चाप हलमा बढेको छ ।’
उनका अनुसार सोमबारदेखि काठमाण्डौको बीग मुभिजमा १ शो बढेको छ । चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ ।
सुब्बाले भने-‘चलचित्रको कथावस्तुलाई दर्शकले मन पराइदिनुभएको छ । वर्ड अफ माउथले दैनिक दर्शक बढ्नुभएको छ ।’
झापामा हुने गरेको ग्याङ फाइटका कथालाई यो चलचित्रले उठान गरेको छ । विल्सनको कमेडीलाई पनि दर्शकले रुचाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4