+
+

माओवादी उम्मेदवारको घरनजिक शंकास्पद वस्तु, बमको आशंका

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असार १२ गते ९:३५

१२ असार, झापा । झापाको बिर्तामोड नगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी लक्ष्मी न्यौपानेको घर छेउमा दुई शङ्कास्पद वस्तु फेला परेका छन् ।

शंकाष्पद वस्तु भेटिएपछि बमको आशंकाले स्थानीय त्रसित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार त्यहाँ अहिले नेपाल प्रहरी, एपीएफ र सेनाको टोली पुगेको छ ।

‘हामी त्यो शंकास्पद वस्तुलाई हेरेर डिफ्यूज गर्नेछौं’, उनले भने ।

न्यौपानेको घर बिर्तामोड–५, सुब्बा चोकमा पर्छ । उनको घरको कम्पाउण्ड छिर्ने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?