वर्षायाम लागेसँगै ज्वरो आउने, रुघा-खोकी लाग्ने, डाइरिया हुने जस्ता समस्या देखापर्छ । यसबेला हाम्रो पाचन यन्त्र कमजोर हुने र खानेकुरा सजिलै पच्दैन । रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । त्यसैले वर्षामा संक्रमित रोगको भय हुन्छ ।
यस मौसममा चिसो लाग्ने, ज्वरो आउने समस्या बढी देखिन्छ । वर्षातमा के कारणले यस्तो समस्या देखापर्छ त ? सबैभन्दा पहिलो त्यसबारे जान्नुपर्छ ।
रोग फैलाउने कारण
– ठाउँ-ठाउँमा पानी जम्मा हुन्छ, त्यसमा लामखुट्टे फैलन्छ । डेंगु, मलेरिया फैलाउन यहि नै एउटा कारण हुनसक्छ ।
– बिषालु जीव, जन्तु, किरा, झिँगा आदिले पानी र खानेकुरा संक्रमित बनाउँछ ।
– हावामा फोहोरको संक्रमण फैलनु ।
– पित्त दुषित हुनु , किनभने पित्त वाट हुने रोग ज्वरो आउनमा सबैभन्दा ठूलो कारण बन्छ ।
– तातो शरीर तुरुन्तै चिसो लाग्नु ।
– तेज घाममा हिँडडुल गर्नु
– पानीमा भिज्नु
लक्षण के हुन्छ ?
– टाउको दुख्ने
– पिसाबको रंग रातो हुनु
– बेचैनी महसुष हुनु
– अधिक तिर्खा लाग्नु
– जोर्नी दुख्नु
कसरी अपनाउने सावधानी
– ज्वरो आयो भने खुला हावा आउजाउ गर्ने कोठामा बस्नुपर्छ । जति सकिन्छ, आरम गर्नुपर्छ ।
– हल्का र सुपाच्य खानेकुरा खानुपर्छ ।
– दुध, चिया, जुस पिउनुपर्छ । तर, भुटेको, तारेको, मसलेदार खानेकुरा खान हुन्न ।
– धेरै शारीरिक श्रम गर्नु हुन्न ।
प्रतिक्रिया 4