+
+

सिंहदरबारमा बल्ल सोलार !

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १४ गते ६:०२

१४ असार, काठमाडौं । सात वर्षयता चर्चामा रहेको सिंहदरबारभित्र सौर्य उर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरु भएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरुको छतमा सोलार जडान गर्ने ०६७ सालदेखिको योजना बल्ल कार्यान्वयन सुरु भएको हो ।

सोलारबाटै विद्युत्त आपूर्ति गरेर सिंहदरबारलाई लोडसेडिङमुक्त गराउने गरी सरकारले तत्कालीन अवस्थामा तयार गरेको लोडसेडिङ न्यूनीकरण योजनाअन्तर्गत चिनियाँ कम्पनीले एक मेगावाटको सोलार प्लान्ट निर्माण अघि बढाएको छ ।

ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले सिंहदरबार र परिसरका भवनका छतछतमा सोलार प्लान्ट जडान सुरु भएको जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?