सौन्दर्यका लागि मेकअप गर्नु जति महत्वपूर्ण हुन्छ, उत्तिनै महत्वपूर्ण हुन्छ मेकअप उतार्नु पनि । मेकअप गर्नु महिलाहरुको लागि सौख मात्र नभएर आवश्यक्ता पनि हो । महिलाहरु समान्यतयाः दुई थरीका हुन्छन् । एक थरीका महिला यस्ता हुन्छन्, जो पार्टी जाँदा मात्र मेकअप गर्न रुचाउँछन् । अर्का थरीका महिलाहरु भने प्रत्येक दिन मेकअप गर्न रुचाउने खालका हुन्छन् ।
जो महिला हरेक दिन मेकअप गर्न रुचाउँछन् , मेकअप पश्चात्त अनुुहारको सफाई गनु पनि उनीहरुका लागि त्यति नै महत्वपूर्ण हुन्छ । तर मेकअप हटाउने भन्दैमा जस्तो पायो, त्यस्तै तरीकाले मेकअप हटाउँदा अनुहारलाई नोक्सान गर्न सक्छ । त्यसैले प्रत्येक पटक मेकअप हटाउँदा निश्चित विधि अपनाउन जरुरी छ ।
१. मेकअप हटाउनको लागि पानीले मुख धुने वा चिसो टिस्युको प्रयोग मात्र पर्याप्त हुन्न ।
२. मेकअप हटाउँदा सबैभन्दा पहिले आँखाको सफाई गर्न जरुरी छ । आखाको सफाईका लागि माइसेलर वाटर सबैभन्दा राम्रो प्रोडक्ट मानिन्छ ।
३. कपासलाई माइसेलर वाटरमा भिजाएर हल्का हातले अनुहारको सफाई गर्न सकिन्छ ।
४. यसपछि कपासको अर्को भागलाई माइसेलर वाटरमा भिजाएर यसलेआँखा बन्द गरी आँखाको मेकअप हटाउन सकिन्छ ।
५. अब चिसो पानीले मुख धोएर अनुहारमा मोइस्चराइजर क्रिमको प्रयोग गर्नुहोस् ।
६ . फुस्रो छाला भएका महिलाहरुले मेकअप हटाउनको लागि आयल क्लिनजरको प्रयोग गर्नुहोस् । आयल क्निजरले अनुहारलाई सुख्खा हुन दिदैन र मेकअपको साथमा अनुहारको क्षिद्रहरुको समेत राम्ररी सफाई गर्दछ ।
७. अनुहारको प्राकृतिक चमकका लागि सातामा एक पटक हल्का पिलिङ्ग गर्न जरुरी छ ।
८. कम उमेरका तथा कलिलो छाला भएका युवतीहरुले क्लिन्जर्स, टोनर्स, लोसन्स वा क्रिमको कमसे कम प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया 4