+
+

मोना कतारको भाग्यसाली चिट्ठाको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १ गते १४:०८

१६ जुलाई, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सञ्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ ।

दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो ।

सस्थाका अध्यक्ष रमेस पौडेलेको सभापतित्व तथा मोना आईसिसीका सचिव रेशम शाहीको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका प्रमुख सल्लाहकार किरण शाही, संरक्षक विक्रम कार्की, सल्लाहकार हिमाल सुबेदी,नरेन्द्र फगामी विशेष अतिथी रहेका थिए ।

साथै कार्यक्रममा समाज सेवी झविन्द्र आचार्य, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका पत्रकारद्वय दिल कुमार श्रेष्ठ, दिल रानाभाट, साझा नेटवर्कका प्रधान सम्पादक कुमार अविरल, फोटो ग्राफर राजन लामा, केशव कंडेल लगायत अतिथी रहेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष शिव चोखालले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । चिठ्ठा कार्यक्रम समाजको आकस्मिक कोष वृद्धिका लागि सञ्चालन गरिएको थियो ।

सोही चिठ्ठा कार्यक्रमबाट भएको आम्दानीलाई रोजगारिको सिलसिलामा म्याग्दी जिल्लाबाट कतारमा आई श्रम गरिरहदा विभिन्न समस्यामा परेका नेपालीहरुलाई विशेष प्राथमिकताका साथ सहयोग गरिने चिठ्ठा कार्यक्रमका संयोजक तिलु शर्माले जानकारी दिए ।

समाजले स्थापना गरेको आकस्मिक कोषबाट विभिन्न समयमा कतारमा समस्यामा परेका म्याग्देली तथा गैर म्याग्देलीहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मोना कतारले आकस्मिक कोष वृद्धिका लागि संचालन गरेको चिट्ठा कार्यक्रम निकै नै महत्वपूर्ण रहेको बताए ।

प्रवासमा भईपरी आउने समस्याको समाधानका लागि मोना कतारले संचालन गरेको कार्यप्रति धन्यवाद दिदै यस्ता समस्या समाधानमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिए ।

यी हुन चिट्ठा जित्ने भाग्यशाली

प्रथम

नरेन्द्र फगामी-एउटा ल्याप्टप

द्वितीय

सरस्वती भण्डारी-३२ इन्च एलसीडी टिभी

तृतीय

हेमकुमार तीथाकोटी-ट्याबलेट

चौथो- मोबाइल फोन चार जनालाई

– रश्मी केसी
– लक्ष्मण सुवेदी
– थमबहादुर बस्नेत
– हिमाल सुवेदी

पाचौ-सान्त्वना पुरस्कार घडी पाँच जनालाई

भीमबहादुर घर्ती
मीनु क्षेत्री
भुपाल पाण्डे
दिपु तामाङ
राजन बि.क.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?