साउन, उपवासको महिना । उपवास वा ब्रतलाई सामन्य अर्थमा निश्चित अवधीसम्म कुनै खानेकुरा सेवन नगरी बस्नु भन्ने बुझिन्छ । यसका धेरै प्रकार र विधी हुन्छन् । कतिमा पानी समेत नखाई ब्रत बसिन्छ, कतिमा फलफूल खान छुट हुन्छ । अक्सर ब्रत बस्दा मनोकामना पुरा हुने धार्मिक विश्वास छ । यो आस्था हो । यस किसिमको भावनाले ब्रत बस्नका लागि मनोवल बढाउँछ ।
वास्तवमा ब्रत, उपवास बस्नु शरीर र मन दुबैको लागि अति फाइदाजनक छ । यद्यपी कतिपय अवस्थामा भने ब्रत बस्नु हुँदैन वा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।
हामी किन रोगी ?
हामीलाई केहि न केहि रोगले गाजेको हुन्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोगले त कसैलाई मौसमी रोगले । रोग लाग्नु भनेको शरीरभित्र विकार पैदा हुनु हो । र, शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु हो । धेरैजसो शरीरमा विकारयुक्त पदार्थले विभिन्न अंगको कार्य-संचालमा बाधा पुर्याउँछ । त्यसैले हामी बिमारी हुन्छौ । रोगी हुन्छौ ।
कसरी हटाउने बिकार ?
शरीरको विकार हटाउने सर्बोत्तम विधी भनेको प्राकृतिक नै हो । अर्थात प्राकृतिक विधीबाट शारीरको विकार हटाउनु राम्रो हो । यसका लागि स्वस्थ्य खानपान, स्वस्थ्य दिनचर्या, स्वस्थ्य मनस्थिती सबैको समिश्रण आवश्यक हुन्छ । अर्थात आहार, विहार र विचार सबै स्वस्थ्य हुनुपर्छ ।
योग, व्यायाम, प्राणयाम यस्ता प्राकृतिक विधी हो, जसले शरीरको विकार हटाउन सहयोग गर्छ, प्रभावकारी रुपमा ।
ब्रत र उपवास
ब्रत र उपवास त्यही विधी हो, जसले शरीरका अंगहरुलाई विश्राम दिन्छ । ताजगी दिन्छ । शरीरमा भएका विकारयुक्त पदार्थ हटाउनका लागि एकदमै राम्रो विधी पनि हो यो । आर्युवेद चिकित्सामा कतिपय रोगको निदानका लागि पेटलाई विश्राम दिनुपर्छ । अर्थात केहि खान हुँदैन, निश्चित अवधीसम्म ।
कुन-कुन रोगमा बढी उपयोगी ?
कतिपय शारीरिक रोग हटाउन ब्रत एवं उपवास उपयोगी हुन्छ । जस्तो कि, वाथ रोग, दमको समस्या, उच्च रक्तचाप आदिमा उपवास उपयोगी हुन्छ । क्यान्सर निराकरणका लागि समेत उपवासको अभ्यास गरिन्छ । यस्तो विधीले क्यान्सर पैदा गर्ने ट्युमरलाई टुक्राउँछ । कलेजोको क्यान्सर लाग्ने संभावनालाई कम गराउँछ ।
त्यसबाहेक यसका अनेक लाभ छन् । जस्तो,
१. उपवास जति लामो हुन्छ, शरीरमा रहेका उर्जा उति नै बढ्दछ ।
२. उपवास गर्नेहरुको श्वास-प्रश्वास प्रणालीमा सुधार आउँछ ।
३. यसले स्वाद ग्रहण गर्ने ग्रन्थ पुनः सकि्रय भएर काम गर्न थाल्छ ।
४. उपवासले आत्मविश्वास बढाउँछ ।
प्रतिक्रिया 4