+
+

नेपाल आइडलबाट बाहिरिएकी विद्याको ‘हेल्लो हाई’मा प्रियंकाको डान्स र गिरिसको र्‍याप

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ६ गते १९:५२

६ साउन, काडमाडौं । नेपाल आइडलको टप-१८ बाट बाहरिएकी विद्या तिवारीले आफ्नो पहिलो गीत र भिडियो सार्वजनिक गरेकी छिन् । ‘हेल्लो हाई’ बोलको गीतमा नायिका प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ ।

गीतमा विद्यालाई र्‍यापर गिरिस खतिवडाले साथ दिएका छन् । सहदेव ढुंगानाले लेखेको गीतमा शिखर सन्तोषले संगीत भरेका हुन् । गीतमा प्रियंकाले खुलेर नाचेकी छिन् ।

भिडियोको निर्देशन र कोरियोग्राफी दिपेन्द्रसिंह ठकुरीले गरेका छन् ।

‘म पहिलो गीत लिएर आएकी छु । मलाई विश्वास छ कि सबैले मेरो पहिलो सांगीतिक प्रस्तुतीलाई मन पराइदिनुहुन्छ’ तिवारीले भनिन् ।

उनले आइडलबाट बाहरिएपछि आफ्नो संगीत यात्रा थप अघि बढ्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?