१० साउन, रुकुम । जनयुद्धको उद्गम थलो रुकुममा शान्ति स्मारक बन्ने भएको छ ।
जिल्लाको मुसीकोट नगरपालिका–१, सल्लेमा द्वन्द्वको क्रममा मारिएका व्यक्तिहरुको सम्झनामा शान्ति स्मारक बन्ने भएको हो ।
जिल्ला समन्वय समिति रुकुम र मुसीकोट नगरपालिकाको समन्वयमा मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस रुकुमले शान्ति स्मारक निर्माण गर्न थालेको हो ।
एक बर्षभित्र निर्माण गरी सक्ने लक्ष्य लिएको शान्ति स्मारकमा ६ सय ६५ जना मृतकको नाम उल्लेख गरिने हरप्लेस रुकुमका कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिए ।
स्थानीय शान्ति समितिमा भएको अभिलेखबमोजिम द्वन्द्वको समयमा दुबै पक्षबाट मारिएका सम्पूर्ण शहिदहरुको नाम स्मारकमा उल्लेख गरिने छ ।
स्मारकको शिलान्यास गर्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख देवीलाल गौतमले नेपालमा आएका सबै परिवर्तनहरु शहिदहरुकै देन भएको भन्दै उनीहरुलाई कहिल्यै पनि भुल्न नहुने बताए ।
शहिदको रगतले नै आज काठमाडौंको अधिकार गाउँ–गाउँमा पुगेको भन्दै उनले शहिदहरुको सम्झनामा शान्ति स्मारक बन्न थालेको बताए ।
प्रतिक्रिया 4